प्रत्येक मानिसमा आधार शक्तिको रुपमा कुन्डलिनि शक्ति विद्यमान हुन्छ । यसको अवलम्बनबाट पारिवारिक र सामाजिक जीवन शान्त र सुखमय बनाउन सकिन्छ । सकुयो नेपाल एउटा गैर-सरकारि संस्था हो । यसले व्यक्तिगत, पारिवारिक र सामाजिक स्तरमा शान्ति, समृद्धि र सुखको वृद्धि गराउने तर्फ कार्य गर्दछ । यसको लागि देश-विदेशका जानिफकार व्यक्तिहरु आ-आफ्नो स्तरबाट सहयोगिको भुमिका निर्वाह गर्दछन । यो संस्था कुनै धर्म, समुदाय वा संस्कृति सित आवद्ध छैन । यसले दिने गरेको ज्ञान विशुद्ध वैज्ञानिक र मानव मात्रको लागि हो ।
नेपालमा सरलिकृत कुन्डलिनि योगको प्रारम्भ वि. सं. २०६५ मा श्री वेदाद्रि महाऋिषिद्वारा लिखित र श्री जयसिंह साहद्वारा अनुवादित आधुनिक समयको लागि योग नामक पुस्तकको विमोचन पश्चात भएको मान्न सकिन्छ । केहिं समयको आवश्यक तैयारि पछि वि.सं. २०७३ को माघ महिनामा सरलिकृत कुन्डलिनि योग नेपालको नामले यस योग केन्द्रको स्थापना भयो । भविष्यमा यस केन्द्रले जीज्ञासुवर्गमा आफ्नो सेवा पुर्याउँदै जानेछ भन्ने विश्वास लिईएको छ
जीज्ञासु व्यक्तिलाई प्रकृतिको दर्शन बारे जानकारि गराउनु तथा सहज तरिकाबाट दिक्षीत गरि उसलाई आत्मबोध गराउनु सकुयो नेपालको प्रयास हुनेछ । आत्मबोधबाट व्यक्तिले आफ्नो, आफ्नो परिवारको र आफ्नो समाजको समस्याहरुको सहि पहिचान गर्न सक्छ र ति समस्याहरुको समाधान तर्फ यथोचित्त भूमिका निर्वाह गर्न सक्छ । आफ्नो प्रयासलाइ मूर्तरुप दिन स. कु. यो. नेपालले तालिम, दिक्षा, प्रवचन, गोष्टि, सेमिनार आदि कार्यक्रम संचालन गर्नेछ ।
व्यक्ति-व्यक्ति मिलेर परिवार बन्दछ र परिवारहरुको समुह समाजको जन्म दिन्छ । व्यक्तिको चरित्रले उसको परिवारको चरित्र निर्धारित गर्दछ । त्यसैगरि परिवारहरुको चरित्रले समाजको चरित्र निर्धारण गर्दछ । एउटा शान्तचित्त मानिसले परिवारमा सजिलैसित शान्ति, समृद्धि र सुखको अवस्था ल्याउन सक्तछ । अतः शान्ति व्यक्तिमा उत्पन्न भै परिवार र तत्पश्चात समाजमा विस्तारित हुनु पर्दछ ।
स कु यो प्रविधी बाट योग ध्यान गर्दा त्यसको सोझो असर मन मस्तिष्क मा पर्दछ । यसले जैविक शक्ती परिचालित गरी शरिरका विभिन्न कोशीका, तन्तु तथा ग्रन्थिहरुलाई समन्वायत्मक ढगले प्रभावित गर्दछ । परिणाम स्वरुप्, मन र बुद्धी शान्त, प्रखर तथा सकारात्मक भएर आउँछ । यस परिवर्तनको प्रत्यक्ष प्रभाव मानिसको चिन्तन शैली तथा व्यवहारमा देखिन आउँछ । ।
स कु यो प्रविधी बाट योग ध्यान गर्दा त्यसको सोझो असर मन मस्तिष्क मा पर्दछ । यसले जैविक शक्ती परिचालित गरी शरिरका विभिन्न कोशीका, तन्तु तथा ग्रन्थिहरुलाई समन्वायत्मक ढगले प्रभावित गर्दछ । परिणाम स्वरुप्, मन र बुद्धी शान्त, प्रखर तथा सकारात्मक भएर आउँछ । यस परिवर्तनको प्रत्यक्ष प्रभाव मानिसको चिन्तन शैली तथा व्यवहारमा देखिन आउँछ
स कु यो को प्रभाव ले मानिसका चाहनाहरु उसको आवश्क्ता तथा उ बस्ने वातावरण को अनुकुल हुन गई उसको जिवन सुखमय हुन पुग्छ । उसले आफ्ना चाहनाहरु लाई उचित र अनुचित को कसिमा राखेर मात्र कार्य गर्दछ । उसले उपयुक्त आहार विहार द्वारा आफ्नो शरिरलाई स्वस्थ राख्दछ र आफ्नो परिवार तथा आफ्नो समाज प्रतिको कर्तव्यलाई पूर्ण रुपले पालन गर्दछ । फलस्वरुप्, उसको जिवन सुखमय हुन्छ|
स कु यो को प्रभाव ले मानिस आफ्नो इच्छाको नैतिकिकरण गर्न सिक्दछ र आफ्नो क्रोध माथी नियन्त्रण गर्न सिक्दछ । यसको असर उसको दैनिकी मा प्रत्यक्षरुपले पर्दछ । उ सयमित भएर आउँछ र उसको सम्बन्ध परिवार तथा समाजमा सुमधुर हुन पुग्छ|
स कु यो प्रविधी अति सरल छ । यसको अभ्यासको लागी कुनै प्रकार को कठिन तैयारी र जटिल प्रकृया भएर गुज्रनु पर्दैन । शान्त चित्तले सहज योग मुद्रामा बसेर अभ्यासकर्ताले आफ्नो कुन्डलिनी शक्तिलाई विभिन्न चक्रमा चलायमान गर्दै विश्व शक्तीसित आबद्ध भई परमानन्द प्राप्त गर्दछ । ध्यानको एक बैठकमा ३० कारीब मिनेटको समय लाग्दछ ।